नेपाली सेनामा डाक्टरदेखि पत्रकारसम्मलाई जागिरको अवसर (सूचनासहित)


काठमाडौं – नेपाली सेनाले विभिन्न प्राविधिक समूहमा आवस्यक जनशक्ती माग गरेको छ। जंगी अड्डाले प्राविधिक पदमा खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै सार्वजनिक विज्ञापन प्रकाशित गरेको हो ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डा द्वारा लेखाको उपसेनानीका लागि ७ जना, एमबिबिएस डाक्टर १० जना, उपसेनानी पाइलट पाँच जना, रिपोर्टर तथा उद्घोषक उपसेनानी १ जनाको दरखास्त माग गरेको छ।

जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले नारायणहिटी दरबारबाट फारम लिइ जेठ २८ गतेसम्म बुझाइसक्नुपर्ने छ। दरखास्तका लागि एक हजार दस्तुर तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement