नेपाली महिला क्रिकेट टिम एसिया कपमा छनोट हुन असफल, थाइल्यान्डसँग ५६ रनले पराजित

नेपाली महिला क्रिकेट टिम एसिया कपमा छनोट हुन असफल, थाइल्यान्डसँग ५६ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा बुधबार थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।

थाइलयान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सफल भयो ।

नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनोटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनोट हुन असफल भएको थियो ।