हिमाञ्चल प्रदेशबाट १२ नेपाली लागूऔषधसहित पक्राउ


हिमाञ्चल – भारतको हिमाञ्चल प्रदेशबाट १२ नेपालीसहित ३१ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा १२ नेपालीमध्ये पाँच जना महिला छन् । उनीहरु कुल्लु जिल्लाको पार्वती गाउँबाट गत शनिबार पक्राउ परेको भारतको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको बताइए पनि नेपालीहरुको ठेगाना भने उल्लेख गरिएको छैन ।

कुल्ली प्रहरीका सुपरिटेन्डेन्ट गौरव सिंहका अनुसार पक्राउ परेकाहरुबाट २ किलो ९१३ ग्राम गाँजा बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement