नेपालगञ्ज मेयर कपमा आदर्श र आईडियलकाे विजयी शुरूवात


नेपालगञ्ज –दोस्रो मेयर कप टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उद्घघाटन खेलमा आदर्श माविले शानदार जीत दर्ता गरेको छ।

मंगल प्रसाद माविको खेल मैदानमा मोर्डन पब्लिक माविले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको थियो।

ब्याटिंगको निम्तो पाएको आदर्श मा.विका लागि ओपनिंग जोडी अभिषेक घताने र अनिष पुनले टीमलाई निकै राम्रो शुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि अभिषेक र अनिसको साझदारीमा टिमलाई ७४ रनको बलियो स्थितिमा पुरयाएका थिए ।

जसका लागि अभिषेक घतानेले ३४ बल खेल्दै ३७ रन बनाएका थिए भने अनिष पुनले २७ बल खेलेर ३० रन बनाएका थिए । त्यस्तै युवराज शर्माले ३१ बल खेल्दै २८ रन बनाएका थिए । मोर्डन पब्लिकका लागि कप्तान प्रणव डांगी र रविन गौतमले समान २–२ विकेट हात पारे।

आर्दश मा.विले २० ओभर पुरा खेल्दै आफनो ६ विकेट गुमाउदै १५५ रनको विशाल स्कोर तयार पारेको थियो । १५६ रनको लक्ष्य पाएको मोर्डन पब्लिक मा.विको राम्रो शुरुवात हुन सकेन ।मोर्डन पब्लिकका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन । उत्कृष्ट फिल्डिंग गर्दै आदर्श मा.विका लागि अभिषेक घताने तथा युवराज शर्माले समान ३–३ विकेट लिए भने सागर सिंह ठकुरीको नाममा २ विकेट रहयो ।

११.४ ओभरमा आफनो सम्पुर्ण विकेट गुमाउदै मोर्डन मा.वि ५० रनमा अल आउट भयो । १०५ रनको जित संगै मोर्डन मा.वि अघिल्लो चरणमा प्रवेश गरेको छ । आदर्श मा.विका लागि अभिषेक घताने म्यान अफ द म्याच घोषित भए ।

भारतका उत्तर प्रदेशका राष्ट्रिय क्रिकेटर सद्घन मिजोले म्यान अफ द म्याचको ट्रफि प्रदान गरे।

त्यस्तै शनिवार नै भएको अर्काे खेलमा उत्कृष्ट बलिंग गर्दै अन्तर विद्यालय क्रिकेटमा नयाँ रेर्कड बनाउदै आईडियल पब्लिक मा.विले ८ विकेटले प्रभात मेमोरियललाई हराएको छ।

टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको प्रभात मेमोरियल मा.विको सोचे अनुरुप ब्याटिंग नहुदा २१ रनमा ९ विकेट गुमाएको प्रभात मा.विका लागि अन्तिम विकेटका रुपमा आएका मनोज यादवको १६ रनको योगदान बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।

कुनै समय ५ रनमा ५ विकेट गुमाएको प्रभात मेमोरियलका सम्पुर्ण विकेट लिनका लागि उत्कृष्ट बलिंग गर्दै आईडियल मा.विका लागि मकबुल राइले ७ विकेट लिएका थिए । आफनो स्पेलमा कसिलो बलिंग गर्दै ४ ओभरमा ११ रन खर्चेर ७ विकेट लिएका थिए ।

१५.४ ओभरमा आफनो सम्पुर्ण विकेट गुमाउदै प्रभात मेमोरियल मा.विले ५२ रन बनाएको थियो । ५३ रनको लक्ष्य पाएको आईडिल पब्लिक मा.विले ३.४ ओभरमा २ विकेटको क्षतिमा जित दर्ता गरेको थियो । आईडियलको जितका लागि फरदिन खानले ६ बल खेल्दै ३ चौका र २ छक्काको मदतले २४ रन बनाएका थिए । आईडियलका मकबुल राइ म्यान अफ द म्याच घोषित भए ।

हक्की खेलका पुर्व राष्ट्रिय खेलाडी ओमकार शाहीले म्यान अफ द म्याच ट्रफि प्रदान गरेका थिए । शनिवारबाट नेपालगन्जमा दोस्रो मेयर कप अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

बांके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । नक आउट चरणमा खेलाईने खेलमा विजेतालाई एकाउन्न हजार तथा उप विजेतालाई पच्चीस हजार पुरस्कार राशि रहेको प्रतियोगिताका संयोजक मेराज अन्सारीले बताए ।

त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजले गेयर साईकल पाउने जस्लाई बी.बी साईकलले प्रायोजन गरेको अन्सारीले जानकारी दिए । उद्घघाटन शत्रमा बोल्दै खेलाडिहरुको क्षमता, बृिद्ध र विकासलाई लक्षित गरि नेपालगनज उपमहानगरपािलकाले उतm खेलको आयोजना गरेको तथा खेलकुद प्रतियाेिगतालाई प्राथमिकताको रुपमा राखी विभिन्न खेलसंग सम्बन्धित खेल प्रतियोगिता गिररहेको नेपालगन्ज उपमहानगरपािलकाका उप मेयर उमा थापा मगरले बताए।

खेलको उद्घघाटन नगर उप प्रमुख उमा थापा मगरले ब्याटिंग,पुर्व राष्ट्रिय क्रिकेटर राम कुमार टण्डनले बलिंग तथा रा.खे.प का केन्दि«य सदस्य विनोद मैनालीले किपिंग गरेका थिए। उद्घघाटन सत्रमा नेपाल क्रिकेट संघका उपाध्यक्ष संजय राज सिंह,बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगर,वडा अध्यक्ष,वडा सदस्य,बी बी साईकलमा प्रो. हाजी मो.सरिफ बागवान लगायत क्रिकेट प्रशिक्षक,क्रिकेट खेलाडी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकको उपस्थिती रहेको थियो । आईतवार हुने खेलमा युनाईटड मा.वि र महाराज मा.वि बिच हुने प्रतियोगिताका संयोजक मेराज अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement