समाचार हटाउने आदेशविरुद्ध न्यायाधीश मौर्यको इजलासमा पेसी

समाचार हटाउने आदेशविरुद्ध न्यायाधीश मौर्यको इजलासमा पेसी


काठमाण्डु– नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाण्डुले गरेको आदेशविरुद्ध पेसी तोकिएको छ ।

बुधबार न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा २७ नम्वरमा पेसी तोकिएको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र र महासचिव केदार सिटौला, कानुन व्यवसायीहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, हर्कबहादुर रावल, ओमप्रकाश अर्याल, विकास भट्टराई, कपिलदेव ढकाल, चन्द्रप्रसाद भुसाल, राधिका खतिवडा, अम्बिका वस्ती, पुन्देवी महर्जनलगायतले बहस गर्न लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले दुई अनलाइनमा प्रकाशित समाचार मेट्न आदेश दिएको थियो ।

सोही दिन अन्तरिम आदेशका लागि असार ४ गते पेसी तोकी दुवै पक्षलाई बोलाइएको थियो ।