बुधबार सेयर बजारमा पहिरो, नेप्से २२ अंकले घट्यो


काठमाण्डु- साताको चौथो दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार खुलेको समयदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.५४ अंकले ओरालो लागेर १९ सय ७२ अंकमा झरेको हो ।

बुधबार २२४ कम्पनीको २९ लाख कित्ता सेयर बिक्री हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको सबै १३ वटै समूहमा गिरावट आएको छ । विकास बैंक समूह ६५ अंक, उत्पादनमूलक समूह ५०, जलविद्युत ४९ अंक, होटल र टुरिजम समूह ३६ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement