बिहीबार पनि ओरालो लाग्यो नेप्से


काठमाण्डु – सेयर बजार बिहीबार पनि सामान्य अंकले घटेको छ । बुधबार २१.९७ अंकले घटेको नेप्से परिसूचक बिहीबार १.०८ अंकले घटेर १९७२.२९ अंकमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज दिनभरिमा २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर २९ हजार १६२ पटक किनबेच हुँदा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार बैंकिङ्ग समूह ०.१६ प्रतिशत, ट्रेडिङ समूह ०.३५ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०७ प्रतिशत, अन्य समूह १.९२ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०६ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement