सेयर बजारमा सामान्य सुधार


काठमाण्डु – साता कारोबारको चौथो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ६.४१ अंकले बढ्दा परिसूचक १८३७.४६ बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले बढेको छ।

आज २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता सेयर ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ ।

बैंकिङ समूहको ३.५५, विकास बैंक १८.१२, जलविद्युत ४.५७, जीवन बीमा २१.०८, उत्पादन तथा प्रशोधन ३४.२९, माइक्रोफाइनान्स ३९.२१, निर्जीबन बीमा समूहको उपसूचक २७.३७ अंकले बढेको छ ।

आज कारोबारका आधारमा नेशनल माइक्रोफाइनान्स अग्रस्थानमा छ। कम्पनीको ४ करोड ७५ लाख बढीको किनबेच भएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement