सोमबार नेप्से ६ अंकले घट्यो


काठमाण्डु – सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सोमबार बजार मापन गर्ने सूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा रोकिएको छ । साेमबार २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको ३.९९, विकास बैंक ३९.५४, वित्त ९.७४, जलविद्युत ६.०४, उत्पादन तथा प्रशोधन ६२.९९, माइक्रोफाइनान्स २१.५२, निर्जीबन बीमा समूहको उपसूचक ८१.१५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement