मंगलबार नेप्से घट्यो


काठमाण्डु- सेयर बजार मंगलबार २.५७ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.५७ अंकले ओरालो लागेर १९५६.३६ विन्दुमा झरेको हो । आज २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर बिक्री भएका छन् । १८ हजार ४ सय ७२ पटकको खरिदबिक्रीमा १ अर्ब ५ करोडको कारोबार भएको हो ।

आज फाइनान्स, निर्जीवन बीमा, अन्य, जीवन बीमाको सूचक बढे पनि बाँकी घटेका छन् । यसअनुसार ५८ कम्पनीको सेयर बढेको, ११४ वटाको घटेको र १२ वटाको उही मूल्यमा कारोबार भएको छ ।

आज लगानीकर्ताले ४.२२ प्रतिशतसम्म कमाउँदा ५.७७ प्रतिशतसम्म गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement