बुधबार नेप्सेमा ३९ अंकको घट्यो


काठमाण्डु – साताको चौथो दिन बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ ।

बजार मापन गर्ने सूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.६८ अंकले घटेर ३७६.५३ बिन्दुमा रोकिएको छ ।

२२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement