आज पनि दोहोरो अंकले बढ्यो नेप्से


काठमाण्डु – आज पनि शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दोहोरो अंकले बृद्धि भएपनि हिजोको तुलनामा आज कारोबार रकम केही घटेको छ ।

नेप्सेका अनुसार आज ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यस दिन शेयर बजार मापक नेप्से परिसूचक १६.०४ अंकले वृद्धि भई २४४०.८७ विन्दुमा पुगेको छ ।

आइतवार बजार परिसूचक ५०.२० अंक बढ्दै २४२४.८४ विन्दुमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement