प्रि-ओपन सेसनमा नेप्से २.८४ अंकले बढ्यो


काठमाण्डु- प्रि ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालोे लागेर २०४९ विन्दुमा आएको छ ।

यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने माइक्रो फाइनान्स कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement