बिहीबार सेयर बजारमा पहिरो, नेप्से ५७.७४ अंकले घट्यो


काठमाण्डु- सेयर शजार नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । आज नेप्से ५७.७४ अंकले ओरालो लागेको छ । आज ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले बढ्यो । सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement