सोमबार नेप्से उकालो लाग्यो


काठमाण्डु- साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अ‌ंकले बढेर ३५८ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने सेयरबजारमा गिरावट आएको थियो । सोदिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

नेप्से सुचकमा १६७ कम्पनीमा वृद्धि भएको छ । ४४ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ९० लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा जीवन विकास लघुवित्त भने दोश्रो स्थानमा रहेको छ। यसको आज ४ करोड ७० लाख भन्दाबढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement