नेप्से परिसूचक सामान्य अंकले घट्यो


काठमाण्डु – शेयर बजार कारोबार मापक नेप्से परिसूचक आज सोमबार सामान्य अंकले घटेको छ । नेप्से आज ०.२१ अंकले घटेर २९०६.७० अंकमा बन्द भएको हो ।

यो दिन ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर पन्ध्र अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६५ रुपैयाँ ५ पैसामा किनबेच भएको छ । त्यस्तै ११३ कम्पनीको सेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

उपसमूहतर्फ फाइनान्स ९.२७ प्रतिशत, विकास बैंक ६.२७ प्रतिशत र हाइड्रोपावरतर्फ ३.२३ प्रतिशतको वृद्धि देखिएको छ । त्यसैगरी धेरै गुमाउने कम्पनीमा लक्ष्मी बैंक, नारायणी डेभलपमेन्ट बैंक, सनराइज बैंक, कुमारी बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल बंगलादेश बैंक लगायतका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement