बुधबार नेप्से ओरालो लाग्यो


काठमाण्डु- सेयर बजारको गिरावट बुधबार पनि जारी छ । यस दिन नेप्से सूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ ।

यसअघि सोमबार सूचक २५.६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६.१९ विन्दुले तल झरेको थियो । तर बुधबार भने सूचक एकल अंकले मात्र घटेको छ । यसले विस्तारै प्यानिक सेल कम हुँदै गएको अनुमान लगाउन सकिन्छ ।

यस दिन २६० कम्पनीको ७३ लाख ९९ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड १२ लाख रुपैयाँसहित कारोबार रकममा ग्लोबल आइएमई संस्थापक सेयर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement