नेप्से परिसूचक ९ अंकले घट्यो


काठमाण्डु-  सेयर बजार नेप्से परिसूचक  ९ अंकले ओरालो लागेको छ । मंगलबार ९ अंकले ओरालो लागेको नेप्से २९८५ अंकमा झरेको छ । आज ७ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

समूहगत रूपमा हेर्दा ब्यापार १२६, होटल तथा पर्यटन ६०, जलविद्युत ३५ र उत्पादन समूह १४ अंकले उकालो लागेका छन् । बैंकिङ ०.७४, विकास बैंक ३, फाइनान्स ३२, निर्जीवन बीमा १८८, अन्य २६, माइक्रोफाइनान्स २७ र जीवन बीमा समूह १२६ अंकले ओरालो लागेका छन् ।

आज हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य मूल्य कमाएका छन् । धेरै मूल्य बढेका ५ कम्पनीमा ४ कम्पनी हाइड्रोपावर छन् । माउन्टेन हाइड्रो नेपालको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement