लगातार दोस्रो दिन पनि नेप्से सूचक उकालो


काठमाण्डु – नेप्से सूचक लगातार दोस्रो दिन बुधवार पनि उकालो लागेको छ ।

अघिल्लो दिन मंगलवार १७ अंकले बढेको नेप्से बुधवार थप २९.४७ अंकले बढेको छ । नेप्से सूचक २ हजार ४५.४५ अंकको विन्दुमा पुगेको छ ।

‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत बुधवार ४.३० अंकले बढ्दै ३९०.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । शेयर बजारमा बुधवार १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement