हप्ताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाण्डु – हप्ताको कारोबारको अन्तिम दिन आज बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।

बिहीवार नेप्से ३१.५२ अंकले घटेर २ हजार १३ दशमलव ९३ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार १ अर्ब ५५ करोड ५ लाख बराबरको कारोबार भएको छ । बिहीवार कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

नेप्सेका अनुसार कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ ।

बिहीवार मैलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्, शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement