आइतवार ओरालो लाग्यो नेप्से


काठमाण्डु- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले ओरालो लागेकाे छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।

आइतबार सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन् । आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement