नेप्से कारोबार ६.४५ अंकले घट्यो


काठमाण्डु – निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक आज मंगलबार थप ६.४५ अंकले घटेको छ ।

मंगलबार नेप्से घटेर १ हजार ९६१.३७ अंकको विन्दुमा झरेको छ ।

नेप्सेमा सूचीकृत अधिकांश सूचक ऋणात्मक हुँदा मंगलबार कारोबार रकममा समेत अनपेक्षित गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मंगलबार दोस्रो बजारको शेयर कारोबार ७९ करोड ६८ लाख ७० हजारमा खुम्चिँदा जम्मा २४ लाख ८० हजार कित्ता शेयर मात्र किनबेच भएको छ ।

मंगलबार म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने निरुदी लघुवित्त वित्तीय संस्थाको मूल्य ९.८५ प्रतिशतले बढेको छ ।

आरबीबी म्युचुअल फन्ड–२ को मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने लिबर्टी ईनर्जी कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement