हप्ताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो


काठमाण्डु – कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक २८ अंकले ओरालो लागेको छ ।

नेप्से घटेर १९३२ को विन्दुमा कायम भएको छ । नेप्सेमा ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजारको कारोबार भएको छ । २१ कम्पनीको शेयर मूल्य बढ्दा २०३ कम्पनीको घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

बिहीबार नेप्से घटेसँगै १३ वटै उपसूचक घटेको छ । बिहीबार सर्वाधिक हाइड्रोपावर उपसूचक २.५२ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य उपसूचक २.०४ प्रतिशतले घटेको छ ।

शेयर बजार दोहोरो अंकले घटे तापनि शुभम पावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६९१ रुपैयाँ कायम रहेको छ ।

बिहीबार थ्रीस्टार हाइड्रोपावरको ७ प्रतिशत, इङ्वा हाइड्रोपावरको ४ प्रतिशत, नबिल डिभेन्चर २०८२ को २ र नेपाल बेंकको डिभेन्चर २०८७ को १.९९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement