आइतबार नेप्से उकालो लाग्यो


काठमाण्डु- सेयर बजार आइतबार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकिएको हो ।

आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ । आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement