शेयर बजारमा हरियाली, साढे ३९ अंकले बढेर २ हजार विन्दु नाघ्यो


काठमाण्डु – शेयर बजार आज बुधबार उच्च अंकले बढेको छ ।

हिजो मंगलबार साढे १९ अंकले घटेको शेयर बजार परिसूचक नेप्सेमा आज हरियाली छाएको छ ।

शेयर बजार आज ३९ दशमलव ४८ अंकले बढेर २ हजार ७ दशमलव ०६ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अंकले बढेको छ । आज बुधबार सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रो पावरको शेयर ८ प्रतिशतले घटेको छ ।

आज बुधबार ५१ लाख ४४ हजार कित्ता शेयर १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ७ करोड ९३ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement