नेप्से परिसूचक बढ्यो, कारोबार घट्यो


काठमाण्डु – हप्ताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढेर १ हजार ९६९.१८ अंक बिन्दुमा पुगेको छ ।

अघिल्लो दिन र्आतबार नेप्से परिसूचक ४२ अंकले घटेको थियो । असोज महिनाको पहिलो दिन आज नेप्से परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सोमबार ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज सोमबार बैंकिङ समूहको उपसूचकबाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैजसो उपसूचक १ प्रतिशत कमले बढेका छन् भने बैंकिङ समूहको उपसूचक ०.४० प्रतिशतले घटेको छ । ट्रेडिङ समूहको उपसूचक १.६० प्रतिशतले बढेको छ ।

सोमबार इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने शिवम् पावर लिमिटेड शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement