नेप्से परिसूचक ओरालो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा हप्ताको दोस्रो कारोबार दिन आज सोमबार गिरावट आएको छ ।

आज सोमबार नेप्से ५.८९ अंकले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा बन्द भएको छ ।

शेयर बजारमा सोमबार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार सोमबार कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने १२९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

सोमबार ७ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा माइखोला हाइड्रोपावर लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी, सयपत्रि हाइड्रोपावर लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेड छन् ।

आज सोमबार शुभम् पावर लिमिटेड र थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य सोमबार १० प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको आज ७ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement