नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाण्डु – नेप्से परिसूचक आज सोमबार १२.५८ अंकले घटेको छ ।

गत बिहीबारदेखि घट्ने क्रममा रहेको शेयर बजार आज तेस्रो दिन पनि ओरालो लागेको छ ।

सोमबार नेप्से ०.६५ प्रतिशतले घटेर १९०८.६६ बिन्दुमा बन्द भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

आईतबार १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार घटेर १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँमा कारोबार सीमित भएको छ ।

सोमबार २८७ वटा धितोपत्रको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक क्रमशः ०.०६ र ०.४९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement