नेप्से परिसूचक ५.१६ अंकले बढ्यो


काठमाण्डु – शेयर बजारमा नेप्से परिसूचक आज बुधबार ५.१६ अंकले बढेको छ ।

चालू हप्तामा सुरुदेखि नै ओरालो लागिरहेको नेप्से बुधबार बढेको हो ।

आज बुधबार ५.१६ अंक बढेर नेप्से १९९४.७६ अंकमा पुगेको छ ।

आज बुधबार उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक ०.१३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

होटल तथा पर्यटन उपसूचक १.८० प्रतिशतले वृद्धि हुँदा म्युचुअल फन्ड उपसूचक १.०७ प्रतिशतले बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement