नेप्से दोहोरो अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से आज बुधबार दोहोरो अंकले बढेको छ ।

आज बुधबार २०.६७ अंकले बढेर शेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ ।

तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ ।

आज बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँको कारोबार भएको छ ।

बुधबार १९५ वटा कम्पनीको शेयर मूल्य बढ्दा ४० वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement