नेप्से परिसूचक ९ अंकले बढ्यो


काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ९ अंकले बढेर बन्द भएको छ ।

अघिल्लो दिन २० अंकमाथिले बढेको नेप्से परिसूचक बिहीबार थप ९.८७ अंकले बढ्दै १ हजार ८६०.२० अंकमा उक्लिएको छ ।

बिहीबार बैंकिङ, माइक्रो फाइनान्स र अन्य समूहको उपसूचकबाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक आज बिहीबार सबैभन्दा उच्च ३.३७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.८६ प्रतिशतले बढेको छ ।

डेभलपमेन्ट बैंक समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.१४ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ ।

बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक क्रमशः ०.७२ प्रतिशत, ०.२८ प्रतिशत र ०.१० प्रतिशतले घटेका छन् ।

नेप्सेमा आज १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement