नेप्से परिसूचक ६.२६ अंकले घट्यो


काठमाण्डु – शेयर कारोबार नेप्से परिसूचक सोमबार ६ दशमलव २६ अंकले घटेर २०१२ दशमलव ०७ विन्दुमा पुगेको छ ।

सोमबार ३१५ कम्पनीका ६३ हजार १५ पटकको कारोबारमा ७२ लाख ९० हजार २०० कित्ता शेयर खरिद–बिक्री भएको छ । कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ रहेको छ ।

सोमबार आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ९१ अंकले घटेर ३५५ दशमलव ६६ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement