नेप्से परिसूचक १.८५ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज मंगलबार १.८५ अंकले घटेको छ ।

नेप्से घटेर २ हजार १०.२१ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले बढेको छ ।

चालू हप्ताका २ कारोबार दिन आईतबार र सोमबार पनि नेप्सेमा गिरावट आएको थियो । आइतबार १७.३० अंकले घटेको नेप्से सोमबार ६.२६ अंकले घटेको थियो ।

मंगलबार ३१२ वटाको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

सोमबार गुराँस लघुवित्तीय वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढ्दा गणपति लघुवित्त वित्तीय संस्थाको शेयर ९.९५ प्रतिशतले बढेको छ ।

उपकार लघुवित्तको ८.६४, विन नेपाल लघुवित्तको ६.९४ र स्वाबलम्बन लघुवित्तको शेयर ६.५० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा गोरखाज फाइनान्स शीर्षस्थानमा रहेको छ । कम्पनीको १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सर्वोत्तम सिमेन्टको ९ करोड, तारागाउँ रिजेन्सीको ७ करोडको शेयर कारोबार भएको छ । ६ समूहको उपसूचक सकारात्मक देखिँदा ७ वटाको सूचक नकारात्मक देखिएको छ ।

कारोबारमा आएका १०९ वटाको मूल्य बढ्दा १२७ वटाको मूल्य ओरालो लागेको छ भने ८ वटा उपसमूहको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement