नेप्से परिसूचक २.७३ अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहीबार २.७३ अंकले घटेको छ ।

बिहीबार नेप्से २.७३ अंकले घटेर २ हजार ४ दशमलव ०५ विन्दुमा झरेको छ ।

नेप्सेमा बिहीबार ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १०६ वटा मूल्यको बढ्दा १२८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । उच्च वृद्धि हुने कम्पनीमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयर मूल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ ।

बिहीबार पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ । कम्पनीको शेयर मूल्य बिहीबार ७.२४ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । बिहीबार गोर्खाज कम्पनीको २३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement