नेप्से परिसूचक ९.१९ अंकले बढ्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेर २ हजार ३६ दशमलव ०१ बिन्दुमा कायम हुँदा ४ अर्बभन्दा बढीको कारोबार भएको छ ।

आज मंगलबार ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ७२ हजार २६१ पटक खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार होटल तथा पर्यटन समूह ० दशमलव ६८, उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४६ र लघुवित्त समूह १ दशमलव १४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह २ दशमलव ७९ र अन्य समूह २ दशमलव ४२ प्रतिशतले बढेको छ ।

बैंकिङ ० दशमलव ३२, विकास बैंक ० दशमलव ६७, जलविद्युत् ० दशमलव ७६, लगानी ० दशमलव ६९, जीवन बीमा ० दशमलव ४९, म्युचअल फन्ड ० दशमलव ५०, निर्जीवन बीमा १ र व्यापार समूह ० दशमलव ४० प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान ९ दशमलव ९९ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको जनाइएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ करोड ८ लाख १० हजार ९२० रुपैयाँ बराबरको ३ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement