नेप्से परिसूचक २.३५ अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नयाँ वर्षको पहिलो कारोबार दिन २.३५ अंकले घटेको छ ।

आईतबार कारोबार सुरु हुँदादेखि नै घट्न थालेको शेयर बजार समग्रमा २.३५ अंकले घटेर बन्द भएको छ ।

यससँगै नेप्से परिसूचक २०२३ अंकमा आइपुगेको छ । आईतबार १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आईतबार ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सामान्य गिरावट आए पनि ४ कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ ।

सिर्जनशील लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्दा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, दोल्टी पावर र राप्ती हाइड्रोको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ ।

आईतबार सबैभन्दा बढी गुरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य घटेको छ । संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको सूचक बढेको छ । आईतबार व्यापार, लघुवित्त, जलविद्युत र वित्त समूहको सूचक बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement