नेप्से परिसूचक १६.८२ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज सोमबार १६.८२ अंकले घटेको छ ।

सोमबार नेप्से ०.८३ प्रतिशतले घटेर २ हजार ६.५२ विन्दुमा बन्द भएको छ ।

सोमबार बजारमा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँको शेयर कारोबार भएको छ ।

आईतबार ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ३१४ वटा धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच भएको छ ।

सोमबार ५२ कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।

सोमबार माछापुच्छ्रे डिभेन्चर २०८७ को शेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ । मेन्छ्यायम हाइड्रोपावर लिमिटेडको ७.०५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४१० रुपैयाँ पुगेको छ ।

सोमबार मिड सोलु हाइड्रोपावरको ५.९३ प्रतिशतले बढेर प्रतिकित्ता शेयर मूल्य ६९१ रुपैयाँ ५० पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement