प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो


काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक १.५६ अंकले घटेको छ । यससँगै सूचक २००४.९६ विन्दुमा अडिएको छ । ३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement