नेप्से परिसूचक १४.८१ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ ।

मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज ३१२ कम्पनीका ३९ हजार ४७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ०६८ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ छ ।

मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २६ अंकले घटेर ३५३ दशमलव ५१ विन्दुमा पुगेको छ ।

आज हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चर कम्पनीको भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement