नेप्से परिसूचक १५.४१ अंकले घट्यो


काठमाण्डु – शेयर बजार मापक नेप्से परिसूचक सोमबार १५.४१ अंक घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा बन्द भएको छ ।

आईतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । सोमबार २ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आईतबार २ अर्ब २५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

सोमबार समूहगत परिसूचकमध्ये म्यूचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ ।

फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ ।

सोमबार ४९ कम्पनीको १८६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement