नेप्से परिसूचक ०.१५ अंकले बढ्यो


काठमाण्डु – नेप्से परिसूचक बुधबार ०.१५ अंकले बढेर १ हजार ९६९.१७ विन्दुमा पुगेको छ ।

बजारको सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता शेयर ३६ हजार ३८३ पटक कूल २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ कारोबार भएको छ ।

बुधबार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीयको ९.९२, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी माई खोला हाइड्रोको शेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

बुधबार ३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेकोमा फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement