नेप्से परिसूचक ३.२४ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज ३.२४ अंकले घटेको छ ।

बिहीबार नेप्से ३.२४ अंकले घटेर १ हजार ९६५.९३ विन्दुमा रोकिएको छ ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये ५ वटाको समूहगत सूचक बढेको छ भने बाँकी ८ वटाको समूहगत सूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement