नेप्से परिसूचक २५.९३ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार २५ दशमलव ९३ अंकले बढेको छ ।

बढेको शेयर बजार २ हजार ६ दशमलव २८ विन्दुमा उक्लिएको छ ।

मंगलबार ३२० कम्पनीका ७५ हजार २७१ पटकको कारोबारमा १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर खरिद–बिक्री भएको छ । मंगलबार कारोबार रकम ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँ रहेको छ ।

मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ५८ अंकले बढेर ३५७ दशमलव ५४ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement