नेप्से परिसूचक ७.३१ अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बिहीबार झिनो अंकले घटेको छ ।

बिहीबार नेप्से ७.३१ अंकले घटेर १ हजार ९९८ दशमलव ९६ विन्दुमा बन्द भएको छ ।

नेप्सेमा बिहीबार ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये ७८ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने बाँकी ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।

बिहीबार ४ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement