नेप्से परिसूचक स्थिर, कारोबार रकम बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बुधबार स्थिर रहेको छ ।

मंगलबार १ हजार ९६०.८१ विन्दुमा बन्द भएको शेयर बजार बुधबार १ हजार ९६०.६० विन्दुमा बन्द भएको छ ।

आज बजारमा २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रूपैयाँको शेयर कारोबार भएको छ । गत कारोबार दिन मंगलबार २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रुपैयाँको कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४० करोड रुपैयाँ वृद्धि भएको छ । बुधबार ३०५ वटा धितोपत्रको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ ।

आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement