आइतबार नेप्से साढे १८ अङ्कले घट्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आइतबार ओरालो लागेको छ । आज नेप्से १८.५३ अङ्कले ओरालो लागेर २६६२. ५८ विन्दुमा कायम भएको छ ।

आज फाइनान्स, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । उत्पादन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागको छ ।

समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । यस्तै जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज दुई सय २० वटा कम्पनीका ७२ लाख ५१ हजार कित्ता शेयर चार अर्ब ४९ करोड ८० लाखमा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस