नेप्सेको सीईओका लागि आवेदन दिन १ साता म्याद थप

नेप्सेको सीईओका लागि आवेदन दिन १ साता म्याद थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद थप भएको छ।अर्थ मन्त्रालयले ३ दिन सार्वजनिक बिदा परेपछि आवेदन दिने म्याद एक साता थपेको हो।

यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

मन्त्रालयले खुला प्रस्पिर्धाद्वारा पदपूर्ति गर्नका लागि सीईओ पदमा आवेदन माग गरेको थियो।

मन्त्रालयले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०२३ बमोजिम नेप्सको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ अनुसार नियुत्ती प्रकृया अगाडी बढाउने छ।

सीईओ हुनका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हुासिल गरी पुँजीबजार वा वित्त क्षेत्रमा कम्तीमा ७ वर्षको उच्च व्यवस्थापकीय तहमा अनुभव भएको हुनुपर्नेछ।

यस्तै उम्मेदवार ३० वर्ष उमेर पूरा भई ६५ बर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवारले पुँजीबजारको सैद्धान्तिक पृष्ठभूमि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यको पहिचानसहितका विभिन्न नेप्से सुधारका योजनासहितका कार्ययोजना सिफारिस समितिलाई बुझाउनुपर्नेछ।