नेप्से परिसूचक २३.१९ अंकले बढ्यो

नेप्से परिसूचक २३.१९ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार बढेको छ ।

पछिल्लो समय घट्दै गइरहेको शेयर बजार सोमबार बढेको छ ।

नेप्से परिसूचक सोमबार २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले बढेको छ ।

कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार कित्ता शेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको दिन आईतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा जलविद्युत् उपसमूहको परिसूचक २.३५ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशत बढेको छ । लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

सोमबार जलविद्युत् कम्पनीको शेयर मूल्य बढेको छ । जसमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।