नेप्से परिसूचक २५.०७ अंकले बढ्यो

नेप्से परिसूचक २५.०७ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक २५ दशमलव ०७ अंकले बढेर २ हजार ६७८ दशमलव १७ विन्दुमा कायम भएको छ ।

बजारमा ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार बराबरको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह ५ दशमलव १२ प्रतिशतले बढेको छ । बैंकिङ ० दशमलव ९३, विकास बैंक ० दशमलव ७१, होटल तथा पर्यटन १ दशमलव २८, जलविद्युत् ० दशमलव ४६, लगानी ० दशमलव ६८ र जीवन बीमा १ दशमलव ०८ प्रतिशतले बढेको छ ।

मंगलबार कारोबारमा प्युअर इनर्जी लिमिटेड र इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ६ दशमलव १४ प्रतिशतले घटेको छ ।