४ अर्ब बढीको कारोबार, नेप्से भने ओरालो

४ अर्ब बढीको कारोबार, नेप्से भने ओरालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको दोश्रो कारोबार दिन मंगलबार शेयर बजारमा कारोबार रकम उल्लेख्य बढे पनि बजार मापक नेप्से परिसूचक भने ओरालो लागेको छ ।

नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा कारोबार बन्द भएको हो ।

कूल ३५७ कम्पनीका १ करोड ४४ हजार कित्ता शेयर ४६ हजार ५८९ पटक किनबेच भए ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

कारोबार रकम बढे पनि अधिकांश उपसमूहमा दबाब देखिएको छ । १३ उपसमूहमध्ये विकास बैंक र निर्जीवन बीमा उपसमूह मात्र सामान्य बढेका छन् ।

होटल तथा पर्यटन उपसमूह सर्वाधिक ०.९१ प्रतिशत घटेको छ । बाँकी १० उपसमूहको परिसूचक पनि ओरालो लागेको छ ।

यस दिन सर्वोत्तम पेन्ट्सको शेयरमूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपैयाँ ७० पैसा पुगेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब १५ प्रतिशत बढ्दा नाडेप लघुवित्तको मूल्य ६ प्रतिशतले उकालो लागेको छ ।

यता धौलागिरी लघुवित्तको शेयरमूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ । कम्पनीको शेयरमूल्य १०.०७ प्रतिशत घटेको हो ।

कारोबार रकममा भने मकर जितुमाया सुरी हाइड्रोपावर अगाडि देखिएको छ ।

कम्पनीको ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ०.५० अंक घटेको छ । फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले घटेका छन् ।

समग्रमा कारोबार गतिविधि बढे पनि बजारको सूचकमा भने सुधार आउन सकेन ।